ad ad

राजनीति


नेकपामा सुरु भयो विद्यार्थीहरुकाे समानान्तर भेला, प्रचण्ड–नेपालपक्षीयको थापाथलीमा कार्यक्रम

नेकपामा सुरु भयो विद्यार्थीहरुकाे समानान्तर भेला, प्रचण्ड–नेपालपक्षीयको थापाथलीमा कार्यक्रम

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार ८:५१,

सत्तारूढ दल नेकपाका दुई अध्यक्षको नेतृत्वमा आआफ्ना पक्षका नेताहरुको भेला गराइरहेका बेला ती दुई समुहका विद्यार्थी नेताहरुले पनि समानान्तर भेला गर्न थालेका छन्।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुको भेला आज शुक्रबार काठमाडौंमा सुरु भएको छ।

पार्टीभित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग विवाद भैरहेको बेला प्रचण्ड–नेपाल समुहका विद्यार्थी भेलामा जुटेका हुन्।

NCP students Bhela Thapathali 1a

ओलीनिकट रहेका विद्यार्थी संयोजक ऐन महरले एकहप्ता अघि काठमाडौंको मदन भण्डारी कलेजमा आफू पक्षको भेला गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले शुक्रवार भेला राखेको नेकपाको विद्यार्थी संगठन अनेरास्ववीयूका नेता विजय गौतमले बताए।

उनले संयोजक महर समूहले एकताका विरुद्धमा देशव्यापी अभियान चलाएका कारण आम कार्यकर्तामा भ्रम पैदा भएको बताउँदै भ्रम चिर्नका लागि आफूहरुले भेला गरेको दाबी गरे।

‘हाम्रो भेला एकताका विरुद्ध चलाइएको भ्रम चिर्नका लागि हो’, उनले नेपालखबरसँग भने, ‘त्यस्तै पार्टीलाई विधि, पद्दतिबाट चलाउन र समाजवाद उन्मुख जनताको जनवादबाट अविचलित भई अगाडि बढ्नका लागि नेतृत्वलाई ख़बरदारी गर्नका लागि पनि यो भेला राखिएको हो।’

NCP students Bhela Thapathali 2a

काठमाडौंको थापाथली क्याम्पसमा सुरु भएको भेलामा पार्टीको वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङलगायत विद्यार्थी नेता उपस्थिति छन्।

नेकपाका शीर्ष नेताहरुबीच नै दुई पक्षको रस्साकस्सी चलिरहेका बेला पार्टीका जनवर्गीय संगठनमध्ये सबैभन्दा सक्रिय रहने विद्यार्थी समुहले आआफ्नो पक्षमा शक्तिप्रदर्शन सुरु गर्न थालेका हुन्।

यो पनि: 
ओलीले ‘टाइम बाइ’ गर्दा यस्तो छ प्रचण्ड–नेपाल पक्षको तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .