नेकपाको सचिवालयको बैठक सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब तीन घण्टा बसेपछि सकिएको हो।
आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सबै सचिवालय सदस्य सहभागी थिए।
बैठकले अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले सचिवालयमा पेस गरेका प्रस्तावहरुलाई भोली आइतबारबाट सुरु हुने स्थायी समिति बैठकमै पेस गरी त्यहिँ छलफल गर्ने निर्णय गरेको छ।
‘आजको सचिवालय बैठकले भोलीको स्थायी समिति बैठकलाई निश्चित गर्दै पार्टीको संकट र निवारण गर्नेबारे आएका सबै प्रस्ताव त्यहिँ नै पेस र छलफल गर्ने निर्णय गरेको छ,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
प्रतिक्रिया