ad ad

राजनीति


नेकपा विवाद : कमिटीका बैठक, अनौपचारिक छलफल–संवाद र गृहकार्य साथसाथै अघि बढ्ने

नेकपा विवाद : कमिटीका बैठक, अनौपचारिक छलफल–संवाद र गृहकार्य साथसाथै अघि बढ्ने

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ११:२७,

नेकपाका शीर्ष नेताहरुले पार्टीका दुई अध्यक्षले पेस गरेका दुवै प्रस्तावलाई पार्टीको स्थायी तथा अन्य समितिमा समेत छलफल गराउने र सँगसँगै आपसी संवाद पनि जारी राख्ने निर्णय गरेका छन्।

दुई अध्यक्षले एक अर्कालाई आरोप प्रत्यारोप गरी पार्टी सचिवालयमा पेस गरेका ती प्रस्तावमाथि स्थायी समिति र अन्य तहमा छलफल गराउने कि नगराउने भन्ने लामो विवादपछि सो निर्णय गरिएको हो।

आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकमा नेताहरु सो निष्कर्षमा पुगेका हुन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनीपक्षीय नेताहरु ती प्रस्तावलाई अन्य समितिहरुमा छलफल नगराउने पक्षमा थिए भने पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले त्यसमाथि छलफल गराउन जोड गरिरहेको थिए।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोली आइतबार बस्ने स्थायी समिति बैठकदेखि नै सबै प्रस्तावहरुमाथि छलफल सुरु हुनेछ र त्यहिबीच आपसी परामर्श र छलफल पनि जारी रहनेछ।

‘दुवै अध्यक्षहरुबीच पनि छलफल परामर्श चल्नेछ र नेताहरुबीच पनि औपचारिक अनौपचारिक छलफल तथा संवाद जारी रहनेछ,’ श्रेष्ठले भने।

अर्का एक सचिवालय सदस्यका अनुसार अध्यक्ष ओलीले भने शनिबारको बैठकमा पनि सकेसम्म स्थायी समितिमा ती प्रस्तावहरु लग्नु नपर्ने धारणा नै राखेका थिए।

‘अध्यक्ष ओलीले त आज पनि तल्ला कमिटीमा नलगौं नै भन्नुभएको थियो, तर कमिटीका बैठकहरु पनि गर्ने र त्यहिबीच औपचारिक तथा अनौपचारिक छलफल, परामर्श र अन्य आवश्यक गृहकार्य पनि साथसाथै गर्ने निर्णय भएको छ,’ सचिवालयका ती नेताले बैठकपछि भने।

यो पनि :
नेकपा सचिवालयको निर्णय : दुवै अध्यक्षका प्रस्ताव स्थायी समितिमै छलफल गर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .