ad ad

राजनीति


फोर्ब्सको सूचीः विश्वकै शक्तिशाली महिला बनिन् जर्मनीकी मर्केल, कमला ह्यारिस तेस्रो स्थानमा

फोर्ब्सको सूचीः विश्वकै शक्तिशाली महिला बनिन् जर्मनीकी मर्केल, कमला ह्यारिस तेस्रो स्थानमा

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १४:७,

फोर्ब्स म्यागेजिनले जर्मन चान्सलर एन्जेला मर्केललाई यो वर्षको विश्वकै शक्तिशाली महिला घोषित गरेको छ।

फोर्ब्सले वर्षका शक्तिशाली एक सय महिलाको सूची सार्वजनिक गरेको हो।

सूचीको दोस्रो स्थानमा युरोपियन सेन्ट्रल ब्यांककी प्रमुख क्रिस्टिन लेगार्द र तेस्रो स्थान नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस छन्।

माइक्रोसफ्टकी पूर्वमहाप्रबन्धक तथा परोपकारी मेलिन्डा गेट्स पाँचौ स्थानमा छिन् भने न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन ३२औँ स्थानमा।

त्यस्तै भारतीय अर्थमन्त्री निर्मला सीतारमण ४१औँ, बेलायती महारानी एलिजावेथ द्वितीय ४६औँ र फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मारिन ८५ औँ स्थानमा छन्।

सूचीमा ३० मुलुकका महिला समावेश छन्। जसमध्ये १० जना राज्यका प्रमुख, ३८ जना कम्पनीका सीईओ र ५ जना कला क्षेत्रका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .