प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिनिधिसभा विघटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको सिफारिस असंवैधानिक रहेको प्रतिक्रिया दिएका छन्।
सामाजि सञ्जाल फेसबुकमा देउवाले सरकारको कदमलाई असंवैधानिक भन्दै आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका हुन्।
उनले भनेका छन्, ‘प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक छ। अधिनायकवाद उन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ।’
साथै उनले संविधानविपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य नहुने बताएका छन्।
उनले नेपाली कांग्रेसले यसको प्रतिवाद गर्ने पनि बताएका छन्। देउवाले भनेका छन्, ‘यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली काँग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ।’
प्रतिक्रिया