ad ad

राजनीति


नयाँ सदस्यहरुकाे सपथग्रहण गराएर ओली पक्षको बैठक सकियो, अर्को बैठक पुस ९ गते

नयाँ सदस्यहरुकाे सपथग्रहण गराएर ओली पक्षको बैठक सकियो, अर्को बैठक पुस ९ गते

नेपालखबर
पुस ७, २०७७ मंगलबार ७:१८,

नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले राखेको केन्द्रीय समिति बैठक सकिएको छ।

सो पक्षको अर्को बैठक पुस ९ गतेका लागि तोकिएको छ।

आज बसेको बैठकमा ओलीले अहिले रहेको केन्द्रीय समितिमा सदस्यहरु थप गरी ११ सय ९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव गरेका थिए।

सो प्रस्ताव पारित गरी सोहि बैठकमा नयाँ सदस्यलाई सपथग्रहण समेत गराइएको थियो।

नेकपामा अहिले भएका ४४६ जनाको केन्द्रीय कमिटीमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति प्रस्ताव गरेको हुन्।

अहिले केहिबेरमै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षको बैठक बस्दैछ।

सो बैठकले ओलीलाई कारबाही गरी उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .