ad ad

राजनीति


माधव, झलनाथ र नारायणकाजीलाई वामदेवले भने : दुई/चार दिन सोच्ने समय दिनुहोस्

माधव, झलनाथ र नारायणकाजीलाई वामदेवले भने : दुई/चार दिन सोच्ने समय दिनुहोस्

नेपालखबर
पुस ७, २०७७ मंगलबार ७:१२,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी एकताकै पक्षमा भएको बताएका छन्।

मंगलबार बिहान उनकै निवास भैंसेपार्टी पुगेका नेकपा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग उपाध्यक्ष गौतमले आफू केही समय कुनै पनि पक्षमा नलाग्ने बताएका हुन्।

 तीन नेताहरुले आफूहरु पनि एकताकै पक्षमा भएको बताउँदै आजको केन्द्रीय समिति बैठकमा आउनका लागि गौतमलाई अनुरोध गरेका थिए।

‘म पार्टी एकताको पक्षमा छु, अहिले कतै पनि लाग्दिनँ, दुई/चार दिन सोच्ने समय दिनुहोस्’, गौतमको भनाइ उद्धृत गर्दै भैंसेपाटी स्रोतले नेपालखबरसँग भन्यो।

उपाध्यक्ष गौतम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान बालुवाटारमा बोलाएको केन्द्रीयय समिति बैठकमा पनि उपस्थित भएका थिएनन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बस्दैछ। मंगलबार बिहान प्रचण्ड निवासमा भएको सचिवालयका चार नेताको छलफलपछि तीन नेता भैँसेपाटी पुगेको स्रोतले जनाएको छ।

मंगलबार बिहान प्रचण्डले गृहमन्त्री रामबहादुर थापा र स्थायी समिति सदस्य हरिबोल गजुरेलसँग निवासमै पुगेर छलफल गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .