ad ad

राजनीति


ओली पक्षको निर्णय : २०७८ मंसिर २ गते नेकपा महाधिवेशन

ओली पक्षको निर्णय : २०७८ मंसिर २ गते नेकपा महाधिवेशन

नेपालखबर
पुस ७, २०७७ मंगलबार ७:२९,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले आगामी मंसिर २ गते (२०७८) मा महाधिवेशन निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव बमोजिम आगामी मंसिर २ गतेका लागि महाधिवेशनको मिति तोकेको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप कुमार ज्ञवालीले काठमाडौँमा महाधिवेशन गर्नेगरी मिति तोकिएको बताए।

यसअघि नेकपाको महाधिवेशन चैतमा गर्ने तय भएको थियो।

त्यस्तै बैठकले पार्टी प्रवक्ता जिम्मामा परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ।

आज बसेको बैठकमा अध्यक्ष ओलीले अहिले रहेको केन्द्रीय समितिमा सदस्यहरु थप गरी ११ सय ९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव गरेका थिए।

सो प्रस्ताव पारित गरी सोहि बैठकमा नयाँ सदस्यलाई सपथग्रहण समेत गराइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .