ad ad

राजनीति


ओली पक्षले निर्वाचन आयोगलाई बुझायो थपिएका सदस्यसहितको केन्द्रीय समितिको सूची

ओली पक्षले निर्वाचन आयोगलाई बुझायो थपिएका सदस्यसहितको केन्द्रीय समितिको सूची

नेपालखबर
पुस ७, २०७७ मंगलबार ८:२२,

नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी कमिटी विस्तार गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ।

नेकपा ओली पक्षका नेताहरुले मंगलबार आयोग कार्यालयमा पुगेर समिति विस्तार गरिएको नेकपाको केन्द्रीय समितिको विवरण आयोगमा दर्ता समेत गराएका छन्।

अध्यक्ष ओली पक्षले मंगलबार बालुवाटारमा भेला राख्दै एकलौटी ढंगले केन्द्रीय समिति पुर्नगठन गराएका थिए।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपाको पुनर्गठन गरिएको केन्द्रीय समितिको नामावली आयोगमा दर्ता भएको बताए।

‘चिठ्ठी दर्ता भएको छ, पार्टीको फोकल पर्सन बाबुराम दाहालले (नेकपा ओली पक्षका) आएर दर्ता गराउनुभएको हो,’ थपलियाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .