नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहको स्थायी समिति बैठकले पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही गर्ने निर्णय गरेको छ।
मंगलबार बबरमहलमा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय गरेको एक नेताले बताए।
ओलीलाई कारबाहीपछि रिक्त अध्यक्ष पदमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय समेत बैठकले गरेको ती नेताले जानकारी दिए।
साे निर्णय पारित गराउनका लागि अहिले जारी केन्द्रीय समितिमा प्रस्ताव लगिएकाे छ।
उनका अनुसार स्थायी समितिको साे निर्णय अहिले बसिरहेको केन्द्रीय समिति बैठकबाटै अनुमोदन गरिनेछ।
प्रतिक्रिया