ad ad

राजनीति


अष्टलक्ष्मीलाई वागमतीको मुख्यमन्त्री प्रस्ताव, यी हुन् ४५ जना हस्ताक्षरकर्ता

अष्टलक्ष्मीलाई वागमतीको मुख्यमन्त्री प्रस्ताव, यी हुन् ४५ जना हस्ताक्षरकर्ता

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ६:५५,

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी नेकपा नेता अष्टलक्ष्मी शाक्यलाई सो पदमा नियुक्त गर्न प्रस्ताव दर्ता गरिएको छ।

वागमती प्रदेश सभाको सचिवालयमा शुक्रबार सो प्रस्ताव दर्ता गरिएको हो।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा पक्षका ४५ जना प्रदेश सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

सो प्रस्तावको प्रस्तावक प्रदेश सभाका सांसद शालिकराम जम्कट्टेल र सांसद अरुण नेपाल समर्थक रहेका छन्।

उनीहरु दुवैजना पौडेलको सरकारमा मन्त्री थिए।

उनीहरुले सो प्रस्ताव दर्ता गर्नुअघि आजै प्रदेश सरकारबाट राजीनामा दिएर अविश्वासको प्रस्ताव ल्याएका हुन्।

पौडेलविरुद्ध अविश्वास प्रस्ताव र शाक्यलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरु यस प्रकार छन्ः

यी हुन् वाग्मतीमा अविश्वास प्रस्ताव दर्ता गर्ने प्रदेश सांसद

बुद्धिमान माझी, शान्तिप्रसाद पौडेल, शालिकराम जम्कटेल, सीता अधिकारी, हिमाली गोले, हिरानाथ खतिवडा, अरुणप्रसाद नेपाल, अष्टलक्ष्मी शाक्य, इन्द्रमाया गुरुङ, उर्मिला कर्माचार्य, कञ्चन खनाल, ओमबहादुर ग्लान, कुमारी मोक्तान, कुसुम कुमार कार्की, कृष्णप्रसाद भुर्तेल, कृष्णप्रसाद शर्मा खनाल, केशव प्रसाद पोख्रेल, घनश्याम दाहाल, जगतबहादुर सिम्खडा, जीवन खड्का, दिनेश महर्जन, देवकी श्रेष्ठ, पशुपति चौलागाई, पार्वती सिलवाल, प्रकाश श्रेष्ठ, प्रतिमा श्रेष्ठ, प्रेमबहादुर पुलामी, भावना सुवेदी, माधवप्रसाद पौडेल, मीना ज्ञवाली नेपाल, मुनु सिग्देल, युवराज दुलाल, रचना खड्का, रत्नप्रसाद ढकाल, रमा आले मगर, राजकाजी महर्जन, राजेन्द्र प्रसाद पाण्डे, राजेन्द्रमान श्रेष्ठ, रामलाल महतो, लक्ष्मण लम्साल, लालकुमारी पुन, लेखनाथ दाहाल, वसन्तप्रसाद मानन्धर, विशाल खड्का

याे पनि:

वागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

प्रदेश सरकार ढाल्ने तयारीमा प्रचण्ड–नेपाल पक्ष, पहिलो निशाना प्रदेश १ र वागमती

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .