ad ad

राजनीति


मन्त्रिपरिषद बिस्तार गर्दै प्रधानमन्त्री ओली, साँझ ७ बजे शपथ

मन्त्रिपरिषद बिस्तार गर्दै प्रधानमन्त्री ओली, साँझ ७ बजे शपथ

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ११:५७,

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै (शुक्रबार) साँँझ मन्त्रिपरिषद विस्तार गर्ने गर्न लागेका छन्।

नेकपाका विभाजन र संसद विघटनपछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेको हुन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गर्ने निर्णय गरेपछि प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए।

ओलीले रिक्त ऊर्जा, कृषि, पर्यटन, शिक्षा, श्रम, खानेपानी, वन मन्त्रालयमा आजै मन्त्री नियुक्त गर्न लागेका हुन्।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार नवनियुक्त मन्त्रीहरुको आजै साँझ शपथ कार्यक्रम रहेको छ।

‘मन्त्रिपरिषद विस्तार हुने जानकारी प्रधानमन्त्री कार्यालयबाट आएको छ’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘आजै साँझ ७ बजे शपथग्रहण कार्यक्रम आयोजना हुँदैछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .