ad ad

राजनीति


चीनले भन्योः नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ, सबै दलसँग सहकार्य गर्न तयार छौँ

चीनले भन्योः नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ, सबै दलसँग सहकार्य गर्न तयार छौँ

नेपालखबर
पुस १३, २०७७ सोमबार ११:७,

चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने जनाएको छ।

प्रतिनिधिसभा विघटनपछि गहिरिएको राजनीतिक संकटमाझ चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको छ। सो भ्रमणबारे टिप्पणी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचेनले चीन अहस्तक्षेपका सिद्धान्तमा प्रतिबद्ध रहेको बताएका हुन्।

उनले महामारी रोकथाम, शासन सञ्चालन तथा विकास परियोजनामा सहकार्यका विषयमा छलफल गर्न चिनियाँ टोलीले नेपाल भ्रमण गरेको बताए।

‘चीनियाँ कम्युनिस्ट पार्टी स्वतन्त्रता, पूर्ण समानता, आपसी सम्मान र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त मान्छ,’ चाओले सोमबारको नियमित पत्रकार सम्मेलनमा भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै प्रमुख राजनीतिक दलसँग समान र मित्रवत् सम्बन्ध कायम राखेको छ।’

चाओले आपसी राजनीतिक विश्वास बढाउन, व्यवहारिक सहकार्यलाई प्रबद्र्धन गर्न तथा दुई मुलुकबीच मित्रता बढाउन चीनले सकारात्मक भूमिका खेलेको बताए।

नेपाल–चीन सम्बन्धलाई अगाडि बढाउन चिनियाँ कम्युनिस्ट पार्टी नेपालका सबै दलहरुसँग मिलेर काम गर्न तयार भएको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .