ad ad

राजनीति


अस्ताउँदो सूर्यमात्रै ओलीको हो, उदाउँदो सूर्य हाम्रो हो : माधव नेपाल

अस्ताउँदो सूर्यमात्रै ओलीको हो, उदाउँदो सूर्य हाम्रो हो : माधव नेपाल

नेपालखबर
माघ ५, २०७७ सोमबार १२:४६,

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताएका छन्।

काठमाडौँमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको रुपमा अधिकारको दुरुपयोग गरेकाले पदमा बस्न लायक नभएको बताएका हुन्। अध्यक्षको कर्तव्य पालना नगरेका कारण पार्टी अध्यक्षको रुपमा पनि बस्न लायक नरहेको उनको भनाई छ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भएपनि ५ वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्दै ओलीले चुनाव नगराउने बताए।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिनेगरी अघि बढ्ने बताए। देशको प्रगतिको लागि आन्दोलनका विकल्प नभएकोले आन्दोलनको ज्वारभाटा सृष्टि गर्ने उनको भनाई छ।

उनले पार्टीको आधिकारिकता र सूर्य चिन्ह कसैले खोस्न नसक्ने दाबी गरे। केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेर अस्ताउँदो सुर्य चुनाव चिन्ह लिएको जिकिर गर्दै उनले केपी ओलीको त्यही चुनाव चिन्ह हुने र आफूहरुको सूर्य चिन्ह कसैले खोस्न नसक्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .