ad ad

राजनीति


नेम्वाङले भने : आयोगले नेकपा आधिकारिकता विवादको टुंगो लगाइसकेको छ

नेम्वाङले भने : आयोगले नेकपा आधिकारिकता विवादको टुंगो लगाइसकेको छ

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ६:५६,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका नेकपाका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादको आधिकारिकताको टुंगो लगाइसकेको बताएका छन्।

निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले निर्वचान आयोगले नेकपाको आधिकारिकता समूह कुन हो भनेर टुंगो लगाइसकेको बताएका हुन्।

‘आधिकारिकताको विषयमा निर्वाचन आयोगले टु‌ंगो लगाइसकेको छ। त्यसैको जगमा उभिएर हामी अघि बढ्छौँ’, नेम्वाङले भने।

उनले आयोगले आधिकारिकता विवाद टुंगाएको बताए पनि को आधिकारिक भन्ने चाहिँ खुलाएनन्।

‘हाम्रो बुझाइमा हामी आधिकारिक हौँ भन्ने विश्वास छ। केहीलाई हामी आधिकारिक हौँ भन्ने बुझाइ छ होला’, उनले भने, ‘अयोगले निर्णय गरिसकेको अवस्था छ, हामी त्यसै अनुसार अगाडि बढ्छौँ।’

उनले प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा अदालतले अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरिसकेको बताए। उनले अदालतको अन्तिम फैसलाबाहेक अन्य कुराले निर्वाचनलाई नरोक्ने बताए।

‘सर्वोच्च अदालतले सुनुवाइका क्रममा अर्कै आदेश गरेछ भने फरक कुरा हो। हैन भने यो सन्दर्भमा निर्वाचन आयोगलगायत सबै निर्वाचनमा लाग्नु बाहेक उपाय छैन’, उनले भने।

याे पनि :  प्रचण्ड–नेपाल व्यस्त भएको भन्दै नेकपाले माग्यो निर्वाचन आयोगसँग थप समय

उनले निर्वाचान आयोगले निर्वाचनका लागि प्रयाप्त समय रहेको र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी तयारी अगाडि बढेको जनाकारी दिएको बताए। ‘निर्वाचन आउन अझै प्रर्याप्त समय बाँकी रहेको छ, हामी समयमा निर्वाचन सम्पन्न गर्छौं भनेर निर्वाचन आयुक्तले जानकारी दिनुभएको छ,’ नेम्वाङले भने।

निर्वाचनसमम्बन्धी प्रायोजनका लागि आयोगले शुक्रबार नेकपाको दुवै समूहलाई छलफलका लागि बोलाएको थियो।

प्रचण्ड–नेपाल समूहले भने आयोग पुगेर दुबै अध्यक्ष उपत्यकाबाहिर रहेको र माघ १८ गतेसम्म व्यस्त रहेका कारण त्यसपछिको समय मिलाउन आग्रह गरेको छ।

प्रचण्ड नेपाल समूह फर्किएपछि आयोग पुगेको प्रधानमन्त्री ओली समूहले पनि आयोगका पदाधिकारीसँग छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .