ad ad

राजनीति


भागरथी हत्या प्रकरण : सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कडा कारबाही गर्न प्रचण्ड–नेपालको माग

भागरथी हत्या प्रकरण : सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कडा कारबाही गर्न प्रचण्ड–नेपालको माग

नेपालखबर
माघ २४, २०७७ शनिबार ९:३९,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बैतडीकी १७ वर्षीया किशोरीको विभत्स हत्याको सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ।

शनिबार अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एक विज्ञप्ति प्रकाशित गर्दै भागरथीको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको बताएका छन्। 

बुधबार विद्यालय हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट बिहीबार साँझ घरनजिकैको जंगलमा मृत भेटिएकी थिइन्। घटनाको अनुसन्धान अहिले जारी छ।

याे पनि :  निर्मला हत्या सम्झाउने बैतडीको घटना, त्यो बाटै हिँड्न डराउँछन् महिला

निर्मला पन्तको हत्याराले न्याय नभएको जनआक्रोस सेलाउन नपाउँदै सोही प्रकारको अर्को घटना हुनुले राज्यसंयन्त्र शान्ति सुरक्षा दिन असफल भएको प्रमाणित भएको नेकपाको ठहर छ।

पन्तको घटनामा जस्तै यो घटनामा पनि गैरजिम्मेवार नबन्न र घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न समेत नेकपाले माग गरेको छ।

‘डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आमजनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिने राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौं।’

नेकपाले मृतक भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ।

याे पनि : युवती हत्या प्रकरणः एसएसपीको कमान्डमा अनुसन्धान टोली, मोबाइल विश्लेषण गर्दैै प्रहरी

भागरथी भट्टका हत्यारालाई तुरुन्त कारबाही गर : देउवा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .