ad ad

राजनीति


परियारको सचिवालय भन्छ : प्रचण्डनिकट भएकै कारण हटाइयो

परियारको सचिवालय भन्छ : प्रचण्डनिकट भएकै कारण हटाइयो

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार १०:३२,

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पदमुक्त गरिएका प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारको सचिवालयले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पष्पकमल दाहाल प्रचण्डनिकट भएकै कारण उनलाई हटाइएको दावी गरेको छ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परियारलाई हटाएर नयाँ प्रदेश प्रमुखमा झालाई नियुक्त गरेकी छन्। परिवारका प्रमुख स्वकीय सचिव पदम विश्वकर्माले प्रचण्डनिकट भएकै कारण उनलाई हटाइएको दावी गरे।

यसबाहेक अहिले हटाउनुपर्ने अन्य कुनै कारण नभएको उनको भनाइ छ।

‘प्रचण्डनिकट भएकै कारण उहाँ (तिलक परियार)लाई हटाइएको हो, अन्य कुनै कारण छैन’, स्वकीय सचिव विश्वकर्माले भने।

यता प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले पनि नेकपामा आएको विभाजनसँगै प्रचण्डको सफिारिसमा नियुक्त भएका परियारलाई हटाएर उनलाई सन्देश दिन खोजिएको बताएको छ।

‘प्रचण्ड कार्यकारी अध्यक्ष हुँदा उहाँ (तिलक परियारा)लाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो’, बालुवाटार स्रोतले भन्यो, ‘अहिले हटाएर प्रचण्डलाई सन्देश दिन खोजिएको हो।’

प्रदेश प्रमुख पविारका अर्का स्वकीय सचिव अनिल पासवानसँग नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईसँग भएको विवादलाई पनि कारणका रुपमा लिइको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .