ad ad

राजनीति


ओली समूहको सभालाई पहिलोपटक सम्बोधन गर्दै ढुंगेलले भने : यो पूर्वप्रधानमन्त्रीहरुले चलाउने देश होइन

ओली समूहको सभालाई पहिलोपटक सम्बोधन गर्दै ढुंगेलले भने : यो पूर्वप्रधानमन्त्रीहरुले चलाउने देश होइन

नेपालखबर
फागुन ८, २०७७ शनिबार ८:१८,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा छाडेर प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा लागेका नेता बालकृष्ण ढुंगेलले ओलीसमूहको आमसभामा पहिलोपटक सम्बोधन गरेका छन्।

नेता ढुंगेल ओली समूहमा लागे पनि यसअघि सार्वजनिक कार्यक्रममा भने देखिएका थिएनन्। ढुंगेलले शनिबार पहिलोपटक विराटनगरमा आयोजित प्रदेश १ स्तरीय आमसभालाई सम्बोधन गरेका हुन्।

उनले प्रधानमन्त्री ओलीले नयाँ नक्सा पास गरेपछि केही साथीहरुको निदहराम भएको र उनीहरु पार्टी छाडेर बाहिर लागेको बताए।  ‘कालापानी हाम्रो भूभाग हो भनेपछि केही साथीहरुको निदहराम भयो,’ उनले भने ।

उनले प्रचण्ड–नेपाल समूहले प्रतिगमन भयो भनेर कुप्रचार गरेको बताए। उनले संविधानको कुनै धारा निलम्बन नभएको भन्दै उनले प्रचण्ड– नेपाल समूहको समनामा मात्रै प्रतिगमन भएको बताए।

उनले यो देश पूर्वप्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशहरुले चलाउने देश नभएको बताए।

‘यो पूर्वप्रधामन्त्रीहरुले चलाउने देश होइन, यो देश वर्तमानको प्रधानमन्त्री र मन्त्रिपरिषद्ले चलाउँछ’, उनले भने, ‘अदालतमा आज पूर्वहरुको भिड चलिराखेको छ, अदालतका पूर्व प्रधानन्यायाधीशहरु विज्ञप्ति निकाल्दै सडकबाट फैसाला गर्दै हिँडिरहेका छन्, अदालत पूर्व प्रधानन्यायाधीशहरुको बेञ्चबाट चल्दैन, वर्तमानका प्रधानन्यायाधीशको बेञ्चबाट चल्छ भन्ने उनीहरुलाई जानकारी होस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .