प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर पुगेर विराटनगर पुगेर ५० वर्ष पुरानो इतिहासको स्मरण गरेका छन्।
शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली ५० वर्ष पुरानो झापा विद्रोहको स्मरण गरेका हुन्।
उनले आफूहरुको लामो र कठिन संघर्षको परिणमस्वरुप देशले संविधान पाएको बताए।
‘नेपालमा राजनीतिक, लोकतान्त्रिक आन्दोलन शीथिल भएका बेला, जनताका अधिकार खोसिएका बेला। निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायत व्यवस्थामा रहेको अवस्थामा हामीले लोकतान्त्रिक गणतन्त्रका लागि ५० वर्ष अगाडि शंखघोस गरेका थियौँ यही भूमिबाट’, उनले भने, ‘त्यसबेला हामी स–साना टुक्राहरुमा कसैले नपत्याउने अवस्थामा थियौ। आज हामी यस अवस्थामा पुगेका छौँ।’
उनले प्रचण्ड–नेपाल समूहतर्फ संकेट गर्दै नेकपा फुटाउने अभियानमा लागेको आरोप लगाए।
प्रतिक्रिया