ad ad

राजनीति


माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ : सिंह

माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ : सिंह

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ५:२८,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार अधिनायकवाद उन्मुख भएको आरोप लगाएका छन्।

उनले सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको मोबाइलबाट फोटो र भिडियो खिच्न रोक लगाउने घटनाले यसको पुष्टि गरेको बताए। उनले यो घटनाले ओलीले के चाहन्छन् भन्ने कुरा पुष्टि गरेको बताए।

शुक्रबार सिरहाको लाहनामा आयोजित एक कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन्।

नेता सिंहले माओवादी केन्द्र र एमालेको एउटा समूहले ओलीमा तानाशाह चरित्र देखिँदै साथ लगाम लगाउन नसकेका कारण अहिलेको अवस्था आएको बताए।

‘हिजो एकपछि अर्को तानाशाही प्रकृतिका विधयेक ल्याउदा ओली प्रवृत्तिको बिरोध गर्न नसकेका कारण अहिले पछुताउने अवस्था आएको छ’, सिंहले भने।

नेता सिंहले जनता समाजवादी पार्टीले नैतिकताहीन सरकारसँग माग पूरा गर भनेर भन्नू गलत भएको बताए। उनले जसपाले सही समयमा आफ्नो मुद्दा उठाउन नसक्ने असहज परिस्थितिमा अड्को थाप्ने काम गरेको भन्दै यस्तो प्रवृत्ति रोकेर परिस्थिति अनुसार चल्न समेत आग्रह गरे।

उनले ओलीले दुई तिहाइ हुँदा समेत मधेसको माग पूरा नगरेको भन्दै मधेसका जायज माग पूरा गर्न आफूहरु तयार रहेको बताए। उनले असहज परिस्थिति जिम्मेवारीबाट यो वा त्यो बहानाबाजी नगरी ओली बिधाई गर्न प्रस्ट हुन जसपा लाई अपिल गरे।

उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भन्दै कांग्रेस संसदीय प्रक्रियाबाटै अगाडि बढ्ने बताएका छन्।

पार्टी महाधिवेशन प्रक्रियामा सभापति शेरबहादुर देउवासँग आफूहरुको फरक मत भए पनि ओलीलाई बिदा गर्ने विषयमा आफूहरु एक ठाउँमा भएको बताए। उनले परिस्थिति परिपक्व भए कांग्रेस जिम्मेवारी लिन तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .