ad ad

राजनीति


प्रदेश १ : मुख्यमन्त्री राईलाई बोल्न नदिए अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

प्रदेश १ : मुख्यमन्त्री राईलाई बोल्न नदिए अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ४:१३,

प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।

आजको बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध गर्ने तयारी गरेका छन्। बैठकमा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गरेका छन् । तर, प्रतिपक्षी दलहरु उनलाई बोल्न दिने पक्षमा छैनन्। विशेष समयमा मुख्यमन्त्री राईलाई बोल्न नदिए प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको छ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले सदनमा आइतबार मुख्यमन्त्री राईले विशेष समय लिएर बोल्ने तयारी गरेको जानकारी दिए। ‘प्रतिपक्षी दलहरूले विशेष समयमा मुख्यमन्त्रीलाई बोल्नबाट रोके सरकारले अर्को निर्णय लिन्छ,’ उनले भने।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता इन्द्रबहादुर आङ्बोले भने सहमति कायम नगरेसम्म सरकार प्रमुखलाई बोल्न नदिने बताए। अर्को प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले पनि सदन अवरोध गर्दै आएका दलहरूसँग सहमति नगरेसम्म मुख्यमन्त्रीलाई प्रदेशसभा बैठकमा बोल्न नदिने बताए ।

चालु आर्थिक वर्षमा स्वीकृत योजनाहरूको स्रोतको सुनिश्चितताको माग गर्दै माओवादी केन्द्र, कांग्रेससहितका सबै प्रतिपक्षी दलहरूले चैत प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन्। उनीहरुले चैत २६, २७ र ३० गते बसेको बैठक पनि अवरुद्ध गरेका थिए।

प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको थियो । सरकारले बजेट घाटामा सन्तुलन कायम गर्न भन्दै मन्त्रिपरिषद् निर्णयमार्फत चालु आर्थिक वर्षको असोजमै ५० प्रतिशत बजेट कटौती गरेको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार र विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रमको समेत बजेट कटौति भएपछि माओवादी, कांग्रेससहितका दलका सांसदले बिरोध जनाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .