ad ad

राजनीति


मधेश आन्दोलनसँग सम्बन्धित १ सय २० जनाको मुद्दा फिर्ता (सूची)

मधेश आन्दोलनसँग सम्बन्धित १ सय २० जनाको मुद्दा फिर्ता (सूची)

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ९:३६,

सरकारले मधेश आन्दोलनका क्रममा मुद्दा चलेका १२० जनाको मुद्दा फिर्ता लिएको छ।

सरकारले जनता समाजवादी दलसँग गरेको राजनीतिक सहमतिका आधारमा ्
१५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको हो।

ती मुद्दासँग जोडिएका १२० जना छुट्ने सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

मन्त्रिपरिषदको बैठकले मधेश आन्दोलनलगायत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित अन्य मुद्दा पनि क्रमशः फिर्ता लिने निर्णय गरेको मन्त्री गुरुङले बताए।

संघ र प्रदेशहरुमा सरकार निर्माणका लागि नयाँ समीकरण बनाउनका लागि रस्साकसी भइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई मनाउन सो पार्टीका थुनामा रहेका कार्यकर्ताहरु विरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेका छन्।

सत्ता समीकरणमा निर्णायक मत लिएर बसेको जसपाको एउटा मुख्य माग मुद्दा फिर्ता रहेको छ।

नयाँ सरकारको नेतृत्व गर्न पहल थालेको नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि जसपालाई मनाउन निकै प्रयास गरिरहेका बेला सरकारबाट जसपाको पक्षमा निर्णय गरेको हो।

नयाँ समीकरणमा प्रधानमन्त्री ओलीको सरकार फेर्ने की उनलाई नै साथ दिने भन्ने विषयमा जसपा विभाजित छ।

जसपाका अध्यक्ष महन्थ ठाकुर ओलीको पक्षमा उभिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओलीलाई हटाएर कांग्रेस–माओवादी गठबन्धनलाई साथ दिने पक्षमा छन्।

हेरौं सूचीः

MuddaFirta Madhes Baisakh77

MuddaFirta Madhes Baisakh77 1

MuddaFirta Madhes Baisakh77 2

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .