ad ad

राजनीति


वैकल्पिक सरकारबारे जसपाले भोलिसम्म एकीकृत धारणा बनाउने

वैकल्पिक सरकारबारे जसपाले भोलिसम्म एकीकृत धारणा बनाउने

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १३:५३,

जनता समाजवादी पार्टी (जसपा) ले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शिर्ष नेताबीच छलफल गरेको छ।

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए।

लोकतान्त्रिक पार्टी भएकाले फरक फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी भएकाले भोलि बिहीबारसम्म पार्टीको एकीकृत धारण तय गरिने बताए।

बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरि राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरि एकीकृत निर्णय गरिने उनले बताए।

उनले भने 'हाम्रो पार्टीको दुई खेमा होइन। फरक फरक विचारहरु छन्। यो स्वभाविक हो लोकतन्त्रिक पार्टीमा। संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोलि अन्तिम समय छ। त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी भएको छ। छलफल जारी राख्छौ र भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौ।'

विभिन्न विकल्पमा छलफल गरेर एकीकृत विचार बनाउन प्रयत्नरत रहेको उनले बताए।

अहिले निष्कर्षमा पुगिनसकेको र भोलिसम्ममा निचोड निकाल्ने उनले बताए।

प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरुलाई बिहीबारसम्मको समय दिएकी थिइन्। उक्त समय भोलि सकिँदै छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .