नेकपा (एमाले) का नेता भीम रावलले कार्यदलले पार्टी एकता र देश हित निम्ति पुरा प्रयास गर्ने बताएका छन्।
आइतबार ट्वीट गर्दै रावलले नवौं महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणालीअनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एमालेलाई अघि बढाउन प्रयास गर्ने बताएका छन्।
— Dr. Bhim Rawal (@BhimRawal179) May 16, 2021नेकपा(एमाले)को पुनर्जीवन पछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणालीअनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्धरूपमा अघि बढ्नु पर्छ भनी मैले गत फागुन २३ लगत्तै भनेको थिएँ।कार्यदलमा पार्टीको एकता र हित एवम् देशहित निम्ति पूरा प्रयास हुनेछ।
फुटको संघारमा पुगेको एमाले हालै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र नेता माधव नेपालबीच एकताका लागि कार्यदल बनाउने सहमति भएको थियो।
सोही सहमति बमोजिम आइतबार रावलसहित दुवै पक्षबाट १० नेता सम्मिलित कार्यदल बनेको छ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोख्रेल र विष्णु रिमाल रहने छन् भने नेपाल पक्षबाट रावलसहित घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।
प्रतिक्रिया