विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेता उज्वल थापाको स्वास्थ्यका लाथि प्रार्थना गर्न अपिल गरेका छन्।
कोरोना संक्रमणबाट गम्भीर अवस्थामा मेडिसिटी अस्पतालमा उपचाररत थापाको स्वास्थ्य अवस्थामा सुधार नआएको मिश्रले बताएका छन्।
आइतबार साँझ ट्वीट गरी मिश्रले प्रार्थनामा शक्ति हुन्छ भन्दै उनको स्वास्थ्यका लाथि प्रार्थना गर्न अपिल गरेका हुन्।
डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वल थापाको परिवार अत्यन्तै अनुग्रहित रहेको मिश्रले बताएका छन्।
उज्वल थापाको स्वास्थ अवस्थाबारे अपडेट:
उज्वलजीको स्वास्थ्य अवस्थामा अवस्था अत्यन्तै गम्भिर छ। डाक्टरहरूले सकेको गरिरहेका छन्। देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अनुग्रहित छ। प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ! pic.twitter.com/IXHe4prh2U
Shares
प्रतिक्रिया