ad ad

राजनीति


पूर्वप्रदेश प्रमुखको आरोप : राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभालाई प्राइभेट कम्पनी बनाए

पूर्वप्रदेश प्रमुखको आरोप : राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभालाई प्राइभेट कम्पनी बनाए

नेपालखबर
जेठ १६, २०७८ आइतबार १३:३७,

पूर्वप्रदेश प्रमुखहरुले राष्ट्रपति र प्रधानमन्त्रीले बारम्बार संविधानको भावना र मर्म विपरीतका काम गरेको बताएका छन्।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपटक, दुईपटक हैन बारम्बार र धेरै पटक संविधानको भावना र मर्मविपरीतका थुप्रै कामहरु गरेको बताएका छन्।

आरम्भदेखि नै संविधान कार्यान्वयन, पालना र संरक्षणमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको इमानन्दारी र संरक्षकत्व नदेखिएको बताएका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीले देशका सबै जनताप्रति समभाव र संरक्षकत्वको दायित्व पुरा नगरी पक्षपातपूर्ण, गुटगत र निजी स्वार्थको लागि संविधान र कानूको दुरुपयोग र अपव्याख्या गरेको उनीहरुको आरोप छ।

कानून र संविधानमाथि शासन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई तमाशा बनाउन खोजिएको उनीहरुले बताएका छन्।

प्रतिनिधिसभालाई आफ्नो प्राइभेट कम्पनीजस्तै महिनैपिच्छे विघटन गर्ने निरंकुश र सर्वसत्तावाद प्रदर्शन गरिएको उनीहरुको आरोप छ।

'संविधान नै मासियो भने त्यसपछिको स्थिति अनुमानयोग्य छैन। यस्ता गैरसंवैधानिक कार्यका कर्ता सम्माननीयद्धय को जयजयकार गर्न संकिदैन', विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति जारी गर्ने पूर्वप्रदेश प्रमुखहरुमा प्राडा. गोविन्दबहादुर तुम्वाहाङ, बाबुराम कुँवर र दुर्गाकेशर खनाल रहेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .