नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीकाे भातृ संगठन नेपाल तरुण दलका युवाहरुले नाराबाजी तथा प्रदर्शन गरेका छन्।
केन्द्रीय समिति बैठकका लागि शुक्रबार दिउँसो पार्टी कार्यालय सानेपा आउँदा देउवालाई घेरा हाल्दै युवाहरुले हो–हल्ला गरेका हुन्।
तरूण दलभित्र देखिएको बिबाद समाधान गर्नुपर्ने माग गर्दै सभापति देउवाको ध्यानाकर्षण गराउन प्रर्दशन र नाराबाजी गरेको उनीहरुले बताएका छन्।
तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाही समूहले अध्यक्ष जितजंग बस्नेतविरूद्ध पनि नाराबाजी गर्दै राजीनामा मागेका थिए।
प्रर्दशनलगत्तै सभापति देउवालाई भेटेर महासचिव शाहीले ज्ञापन पत्र बुझाए।
अध्यक्ष बस्नेत र महासचिव शाहीले एकअर्कालाई कारबाही गरेपछि तरूण दलभित्र बिबाद सिर्जना भएको छ।
प्रतिक्रिया