ad ad

राजनीति


बागमती प्रदेश : सभामुखको आहवनमा सर्वदलिय बैठक बस्दै

बागमती प्रदेश : सभामुखको आहवनमा सर्वदलिय बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८० आइतबार ७:६, हेटौँडा

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा आज (आइतबार) सर्वदलीय बैठक बस्दै छ। 

बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको विरोधको कारण विगत दुई महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन।

प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा छलफल गर्न सभामुख पाठकले सर्वदलिय बैठक आह्वान गरेका हुन्। बैठक बिहान १० बजे बस्दै छ।

एमालेको विरोधको कारण गएको असार २२ गतेपछि बागमती प्रदेशसभाको बैठक बस्न नसकेको छैन। 

लामो समयसम्म बैठक नबस्दा गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएको पाठनकले जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .