ad ad

राजनीति


झापा १ मा अग्नि खरेलभन्दा विश्वप्रकाश शर्मा दोब्बर बढी मतले अघि

झापा १ मा अग्नि खरेलभन्दा विश्वप्रकाश शर्मा दोब्बर बढी मतले अघि

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १८:७, काठमाडौँ

झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अगाडि छन्।

४ सय मत गणना हुँदा उनी २१७ मतका साथ अगाडि देखिएका छन्। 

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अग्नि खरेल १०३ मतका साथ दोस्रो स्थानमा छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री शर्मा नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए। 

कार्की ३६ हजार १७३ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा शर्माले ३३ हजार ३१० मत पाएका थिए।

त्यसअघि उनी २०७० को संविधानसभा निर्वाचनमा एमालेका रबिन कोइरालासँग हारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .