प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले पछि पारेका छन्। २ हजार मत गणना हुँदा उनले निकटतम् प्रतिष्पर्धीलाई दोब्बर मतले पछि पारेका हुन्।
पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले ९४९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले ४२५ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत पाएका छन्। ढकाल गुल्मीबाट देउवासँग प्रतिष्पर्धा गर्न डडेल्धुरा गएका हुन्। मल्ल प्रधानमन्त्री देउवाका पूर्व स्वकीय सचिव हुन्।
डडेल्धुरामा ५१ हजार ६६० मत खसेको थियो। निर्वाचन आयोगका अनुसार यहाँ कूल मतदाताको संख्या ९१ हजार २०१ छ।
प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौं पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। उनीविरुद्ध नेकपा एमालेले आफ्नो दलबाट उम्मेदवार उठाएको छैन।
एमालेले डडेल्धुरामा देउवाका पूर्वसहयोगी रहेका नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई सघाउन दलबाट उम्मेदवारी नदिएको हो।
Shares
प्रतिक्रिया