पाकिस्तानमा चौथो पटक प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफ पराजित भएका छन्।
उनी मनसेहरा सिटबाट इमरान खानको पीटीआई समर्थित उम्मेदवार पराजित भएका हुन्।
समा न्यूजका अनुसार पाकिस्तान मुस्लिम लिगका नवाज शरिफ मनसेहरा सिटमा हारेका हुन्।
यहाँ इमरान समर्थित निर्दलीय उम्मेदवार शहजादा गस्तासापले जित हाँसिल गरेकी छन्।
शहजादा गस्तासापलाई ७४ हजार ७१३ मत मिलेको छ। पराजित नवाजले ६३ हजार ५४ मत पाएका छन्।
नवाजले मनसेहरा र लाहौर सिटबाट उम्मेदवारी दिएका थिए। लाहौरमा पनि नवाज शरिफ पछाडि परेका छन्।
450
Shares
प्रतिक्रिया