पाकिस्तान मुस्लिम लिग–एनकी प्रवक्ता मरियम औरंगजेबले सरकार गठनका सम्बन्धमा पाकिस्तान पिपुल्स पार्टीसँग प्रारम्भिक वार्ता मात्र भएको र र अन्तिम निर्णय भइसनसकेको बताएकी छन्।
निजी च्यानल ‘जियो न्युज’सँग कुरा गर्दै उनले भनिन्, ‘जरदारी साहेब र शाहबाज साहेबबीच भेट भएको छ र प्रारम्भिक वार्ता भएको छ।’
उनले थपिन्, ‘विभिन्न चरणमा वार्ता हुनेछ, जनता पार्टीले पनि आफ्नो पार्टीभित्र छलफल गर्नेछ र हामी पनि गर्नेछौँ।’
मरियम औरंगजेबलाई पाकिस्तान तहरिक–ए–इन्साफसँग वार्ताबारे सोध्दा उनले भनिन्, ‘गौहर अली खानसँग कुनै सम्पर्क भएको छैन र त्यस्तो कुनै इरादा पनि छैन।’
उनका अनुसार नवाज शरिफले सबै राजनीतिक दलहरूलाई वार्ता र सरकार गठनका लागि आमन्त्रण गरेका छन्।
180
Shares
प्रतिक्रिया