ad ad

राजनीति


प्रदेश १ को नाम जुराउन शुक्रबार सर्वपक्षीय बैठक, ८ गते प्रदेश सभा

प्रदेश १ को नाम जुराउन शुक्रबार सर्वपक्षीय बैठक, ८ गते प्रदेश सभा

नेपालखबर
साउन २, २०७९ सोमबार १३:१८, विराटनगर

प्रदेश–१ को नामबारे छलफल गर्न प्रदेश १ का सभामुख प्रदीप भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन्।

भण्डारीले प्रदेशसभाका संसदीय दललाई पत्राचार गरी साउन ६ गते शुक्रबार सर्वदलीय बैठक राखिएको जनाएका छन्। 

यसै अधिवेशनबाट प्रदेश १ को नामकरण गर्ने प्रतिवद्धता जनाएका दलहरुले साझा नाम अझै टुंगो लगाउन सकेका छैनन्।

एमालेले प्रदेशको नाम कोसी राख्नका लागि छलफलमा प्रस्ताव राखेको छ।

कांग्रेस संसदीय दलले सप्तकोसी छलफलमा लगेको छ। यस्तै माओवादीले पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने बताउँदै आएको छ। 

नामबारे साझा धारणा आउन नसकेपछि सभामुखले सर्वपक्षीय छलफल डाकेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

दलहरुबीच साझा सहमति गराउने प्रयासस्वरुप छलफल आह्वान गरिएको पराजुलीले बताएका छन्। 

प्रदेश १ को नाम  भौगोलिक आधारमा राख्ने र  जातीय पहिचानको आधारमा राख्ने विषयमा विवाद रहेको छ।  

राजनीतिक दलहरुले आ–आफ्नो अडान नछाडेका कारण प्रदेश–१ को नामको टुंगो लाग्न सकेको छैन।

सहमति नभए संसदीय प्रकृयामा लगेर नामबारे छलफल गराउने तयारीमा रहेको पराजुलीले बताए। 

यसैबीच, आगामी आर्थिक वर्षको बजेट पारित गरेपछि स्थगित भएको प्रदेशसभाको बैठक साउन ८ गते बस्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .