भारतमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।
भारतको भुवनेश्वरमा अर्को साता सुरु हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार टोलीको घोषणा गरेका हुन्।
पाँच टोली सहभागी च्याम्पिनयसिप राउण्ड रोबिनमा हुनेछ। शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्।
नेपालले आगामी साउन ९ गते माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। साउन ११ गते श्रीलंकासँग, १५ गते घरेलु टोली भारतसँग खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा १७ गते बंगलादेशसँग खेल्नेछ।
नेपाली यू २० टोली
डिफेन्डर– अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा
मिडफिल्डर – दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड – दीपेश राई, निराजन मल्ल, रोशन खड्गी
Shares
प्रतिक्रिया