ad ad

राजनीति


राजीनामा दिँदै गौतमले भने : सभामुख पद स्थिर र स्थायी हुनुपर्छ भन्ने मान्छे हुँ

राजीनामा दिँदै गौतमले भने : सभामुख पद स्थिर र स्थायी हुनुपर्छ भन्ने मान्छे हुँ

नेपालखबर
साउन १६, २०८० मंगलबार १८:४५, काठमाडौँ

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सरकार बनाउन बहुमतका लागि कोशी प्रदेशका सभामुख बाबुराम गौतमले मंगलबार राजीनामा दिएका छन्।

उनले मंगलबार राजीनामा दिएर नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई एक महिनामै दोस्रो पटक मुख्यमन्त्री बनाउन बहुमत जुटाइदिए। ९३ सदस्यीय कोशीमा ४७ जना सांसद भएपछि बहुमत पुग्छ।

गौतमले राजीनामा दिने क्रममा आफू सभामुख पद स्थायी र स्थिर हुनुपर्छ भन्ने पक्षमा रहेको बताए। 

‘राजीनामा दिँदै गर्दा म प्रदेशसभाको सभामुख स्थिर र स्थायी हुनुपर्छ पक्षमा रहेको मान्छे हुँ’, उनले भने, ‘यी सबै कुराको अध्ययन गरेर हेर्दा पनि यस्तो निर्णय नगर्नुपर्ने परिस्थिति हुँदा पनि राजीनामा दिएँ।’

गौतमले सरकार निर्माणका लागि जे जति भए पनि आफू फेरि पनि म प्रदेशसभामा रहिरहने दाबी गरे। 

‘म प्रदेशसभा सदस्यका रुपमा रहँदा पनि यहाँहरुसँग सहकार्य हुनेछ’, उनले भने, ‘जुन उद्देश्यका साथ परिवर्तनको आन्दोलनमा लागेको थिएँ त्यसमा म प्रतिबद्ध छु। मैले विचारलाई छाडेको छैन विचारमा प्रतिबद्ध मान्छे हो।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .