ad ad

समाज


गाउँपालिका अध्यक्षका दम्पति मध्यराति विप्लव समूहको अपहरणमा

गाउँपालिका अध्यक्षका दम्पति मध्यराति विप्लव समूहको अपहरणमा

नेपालखबर
पुस ६, २०७६ आइतबार ३:३३,

दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन्।

शनिबार राति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अध्यक्ष शाहीसहित उनकी पत्नी इला मल्ल शाहीलाई अपहरण गरेका हुन्।

इला स्थानीय कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापकसमेत हुन्।

शाही दम्पतीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार राति साढे १२ बजे अपहरण गरेको दैलखेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीलेसमेत पुष्टी गरेका छन्।

विप्लव कार्यकर्ताले अध्यक्ष शाहीका भाइ हस्तबहादुर शाहीलाई पनि अपहरण गरेका थिए।

तर, हस्तवहादुरलाई भने केही समयपछि नै छाडिएको छ। हस्तबहादुर पनि कृष्ण माविका शिक्षक हुन्।

गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले यसअघि नै अध्यक्ष शाहीलाई चेतावनी पत्र दिएको थिए।

यसैबीच सत्तारुढ नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले ठाटीकाँध गाउँपालिका अध्यक्ष तथा नेकपाका जिल्ला कमिटी सदस्य धीरबहादुर शाही र नेराशिसंकी केन्द्रीय उपाध्यक्ष इला मल्ल शाहीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेको खबरले स्तब्ध भएको जनाएका छन्।

आइतबार बिहान फेसबुकमा स्टाटस लेख्दै नेता रिजालले ठॉटीकॉध–२ को श्रीपाटामा रहेको आफ्नै घरबाट विप्लव कार्यकर्ताले मध्यराति शाही दम्पत्तिलाई अपहरण गरेर बिजारेको जंगल हुँदै कालीकोटको भर्तांतिर लिएर गएको जनाएका छन्।

 

‘दैलेखमा डीएस्पी हरि ओली, सुर्खेतमा डीआइजी पूर्णचन्द्र जोशी र काठमाडौंमा गृहसचिव प्रेम राईसँग समन्वय भइरहेको छ,’ रिजालले लेखेका छन्, ‘लेकमा हिउँ परेको छ, दैलेखको तिलेपाटा र कालीकोटतिरबाट पनि प्रहरी परिचालन भइसकेको छ।’

रिजालले विप्लवका कार्यकर्तालाई राजनीतिक व्यवहार गर्न र अपहरित शाही दम्पत्तिलाई अविलम्ब रिहा गर्न आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .