असार १५ गते सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय घटाइदिएपछि सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइराला जेल मुक्त भएका छन्।
साढे ८ वर्षदेखि डिल्ली बजार कागरागारमा जेलजीवन बिताइरहेका कोइरालालाई बिहीबार जेल मुक्त गरिएको कारागार प्रशासनले जनाएको छ।
श्रीमती गीता ढकालको हत्या गरेपछि जिल्ला अदालत र पुनरावेदन अदालतले उनीविरुद्ध सर्वस्वसहित कैदको फैसला गरेका थिए। तर, असार १५ मा प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको इजलासले उनीविरुद्धको सजाय घटाउने फैसला गरेको थियो। उनले भुक्तान गरेजति नै अर्थात साढे ८ वर्ष कैद कायम गरेपछि कोइराला जेलमुक्त भएका हुन्।
कोइरालाले २०६८ माघमा श्रीमतीको हत्या गरेर मकवानपुरको पालुङमा पु¥याई शव जलाएका थिए। उनलाई शव जलाएर फर्किंदै गर्दा नागढुंगामा प्रहरीले पक्राउ गरेको थियो।
प्रतिक्रिया