गोकुल बाँस्कोटालाई ७० करोड रुपैयाँ घुस मागेको आरोप लगाउने विजय प्रकास मिश्रलाई अख्तियारले झिकाएको छ।
सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनिका स्थानीय एजेन्टसँग कमिसनका लागि मोलमोलाई गरेको विषयमा सोधपुछ गर्नका लागि भन्दै अख्तियारले मिश्रलाई हाजिर हुन भनेको हो।
बाँस्कोटाले पूर्व सूचना तथा सञ्चारमन्त्री रहँदा ७० करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको थियो।
अख्तियारले गोरखापत्रमा बुधबार सूचना प्रकाशित गर्दै ७ दिनभित्र अख्तियारको प्रहरी महाशाखामा हाजिर भएर अनुसन्धान अधिकृतलाई भेट्न भनेको छ।
७० करोडको अडियो बाहिर ल्याएका मिश्रले बिचौलियाको भूमिका खेलेका थिए।
अख्तियारले उनलाई उपस्थित नभए कानुनअनुसार अगाडि बढ्ने चेतावनी दिएको छ। आरोपपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले भने आफूमाथि नियोजित षड्यन्त्र गरिएको दाबी गर्दै आएका छन्। आफूले घुस नलिएको उनको दाबी छ।
प्रतिक्रिया