नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि ब्यूँतिएको नाउपाको संस्थापक केन्द्रीय समितकोे बैठक आज बस्दैछ।
सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा संस्थापक केन्द्रीय समितिको बैठक बस्न लागेको हो।
अल्ममतमा रहेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा रेशमको जोडबलमा तीन मन्त्री थपिएपछि नाउपाभित्र रेशम र रञ्जिताबीच तीव्र मतभेद देखिएको छ। रेशम र रञ्जिता पतिपत्नीसमेत हुन्।
नाउपा अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी थिइन्। तर रेशमको आड पाएका सुदूरपश्चिमका सांसदले रञ्जिताको निर्देशन पालना गरेका छैनन्।
समानान्तर अभ्यास गरिरहेका रेशमले मन्त्रीहरुलाई फिर्ता नहुन अर्को निर्देशन जारी गरेपछि नाउपा फुटको संघारमा पुगेको छ।
पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रम र निर्वाचन आयोगको निर्णयलगायत विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछ।
नउपामा संस्थापक केन्द्रीय कार्यसमित २१ सदस्यीय छ। टीकापुरमै भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चयन भएका रेशमलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै श्रेष्ठलाई अध्यक्षमा पुनःस्थापित गरेको हो।
बैठकका लागि अध्यक्ष रञ्जिता, नेता रेशमलगायत केन्द्रीय सदस्य टीकापुरमा जमघट भइरहेका छन्।
- नागरिक उन्मुक्तिमा रञ्जिताको निर्देशन अवज्ञा, सुदूरपश्चिमका मन्त्रीलाई रेशमले भने- फिर्ता हुनुपर्दैन
- सुदूरपश्चिम सरकारलाई हाम्रो समर्थन यथावत् छ : रेशम चौधरी
- सुदूरपश्चिम सरकार विस्तारले नागरिक उन्मुक्तिमा रेशम–रञ्जिता विवाद छताछुल्ल
- अध्यक्षको मान्यता नपाएपछि रेशमको आक्रोश : पटक-पटक न्याय मरे पनि म मरेको छैन
Shares
प्रतिक्रिया