ad ad

समाज


प्रधानन्यायाधीश जबराले बोलाए ‘फुलकोर्ट’

प्रधानन्यायाधीश जबराले बोलाए ‘फुलकोर्ट’

नेपालखबर
असोज १९, २०७८ मंगलबार १३:३४, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको 'फुलकोर्ट' बोलाएका छन्। 

मंगलबार दिउँसो २ बस्ने गरी जबराले फुलकोर्ट बोलाएका हुन्। सर्वोच्चका सबै न्यायाधीशहरुको यो बैठकमा दसैं बिदा अवधिमा मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्नेसहितका विषयमा छलफल हुने छ।

सर्वोच्च अदालतमा दसैं विदाको अवधिमा पनि बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइलाई निरन्तरता दिने तयारी छ। 

केही दिनयता प्रधानन्यायाधीश जबराले पाँच दलीय गठबन्धनसँग आफूनिकट दुईजनालाई मन्त्री बनाइदिन भनेको कुराले विवादमा तानिएका छन्। 

मंगलबार बस्ने फुलकोर्टमा यो विषयमा पनि छलफल हुने सम्भावना छ। तर सर्वोच्च अदालतले सोमबारै एक विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डलमा भाग खोजेको कुरामा कुनै सत्यता नरहेको स्पष्टीकरण दिइसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .