ad ad

समाज


वर्षाले धनगढी आसपासका क्षेत्र जलमग्न

वर्षाले धनगढी आसपासका क्षेत्र जलमग्न

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १३:०, काठमाडौँ

आइतबारदेखिको लगातार वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन्।

मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका टोल, उत्तरबेहडी, क्याम्पस रोड, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टीको बस्तीलगायतका क्षेत्र जलमग्न भई जनजीवन प्रभावित बनेको छ।

जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको बताए।

उनले भने, 'विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ तर यकिन तथ्याङ्क आउन भने बाँकी छ।'

धनगढी बजारलगायत आसपासका क्षेत्रका पसलमा पनि पानी पसेको छ । धनगढी–२ मालिका टोलका योगेश्वरी ओझाले बस्तीमा हिँडडुल गर्ने बाटो जलमग्न भई जावतजावतमा समस्या भएको बताए।

पानी निकास हुने ढलको व्यवस्थापन नभइ सडक पिच हुने गरेका कारण पनि बस्ती डुवानमा पर्ने गरेकोले डुबानबाट सुरक्षित रहन पानी निकास हुने नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको स्थानीयवासीको भनाइ छ।

यहाँ बजार आसपासका बस्ती मात्रै नभइ बजारका कतिपय मूल सडक पनि जलमग्न भएका छन्। यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ।

मुख्य रुपमा पानी निकासा हुने गरेका उपमहानगरपालिकाभित्रका प्राकृतिक खोलानाला अतिक्रमण भएपछि डुवानको समस्या बर्सेनि दोहोरिने क्रम बढ्दै गएको छ । त्यसैगरी वर्षाले यहाँका धानबाली क्षति पु¥याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .