रेलमा आगलागीका कारण पाकिस्तानमा ७३ जनाको मृत्यु भएको छ। लियाक्तपुर सहरनजिकै बिहीबार भएको उक्त घटनामा अन्य थुप्रै मानिस घाइते भएको पाकिस्तानी समाचार अनलाइन डनले जनाएको छ।
एएफपीका अनुसार पञ्जाव हेल्थ मिनिस्टर डा. यास्मिन रशिदले मृतकको संख्या ७३ पुगेको जानकारी दिएका छन्। तेजगाम नामकाे चर्चित रेलका तीनवटा डिब्बामा आगलागी भएकाे बताइएकाे छ।
घटनामा महिला र बालबालिका पनि रहेका छन्। मृतक र घाइतेलाई सोही सहरस्थित डीएचक्यु अस्पतालमा लगिएको छ। सिलिन्डर पड्किएर उक्त घटना भएको बताइएको छ। यात्रुहरु बिहानको खाजाको तयारी गरिरहँदा उक्त विस्फोट भएको हो।
उक्त रेल कराचीबाट रावलपिण्डी गइरहेको रेडियो पाकले जनाएको छ। घटना भएलगत्तै धेरै यात्रुले हामफालेर ज्यान जोगाएका थिए। क्षति पुगेको रेल दुई घण्टाभित्रै सञ्चालनमा ल्याउने रेलवे मन्त्री शेख रशिदले बताएको डनले जनाएको छ।
हाल उद्धारको काम भइरहेको बताइएको छ। पाकिस्तानी सेनाले घटनाको उद्धारका लागि हेलिकोप्टर परिचालन गरेको छ।
अधिकारीका अनुसार यात्रुले लुकाएर ग्यास सिलिण्डर लगेकाे र साेही सिलिण्डर विस्फाेट भएकाे हुनसक्छ। यसैबीच, रशिदले मृत्यु हुनेलाइ १५ लाख पाकिस्तानी रूपैयाँ र घाइतेलाइ ५ लाख सहयाेग गर्ने बताएका छन्।
View this post on InstagramA post shared by Dawn Today (@dawn.today) on
प्रतिक्रिया