उक्त आँधी अमेरिकी राज्य नर्थ क्यारोलिनामा पनि पुगेको थियो। आँधीका कारण बहमास र क्यारोलिनामा ७० हजार मानिसहरु विस्थापित भए। धेरै घर पालुवा जनावरहरु मरे।
सेप्टेम्बरमा डोरिएन आँधी नर्थ क्यारोलिना राज्यको एक गाई फार्ममा पुगेको थियो। उक्त आँधीले कैयौं गाइहरु मारे। कैयौं उडाएर टाढा टाढा पुर्याए।
सोही आँधीमा परेको तीन गाई यतिबेला दुई महिनापछि जीवितै भेटिएको छ। उक्त गाईहरु युएस स्टेट केडर आइल्यान्ड फार्मका गाईहरु भएको बताइएको छ।
गाईफार्मभन्दा ५ माइल पर गाईहरु जीवितै भेटिएका हुन्। गाईले समुन्द्रमा पौडी खेलेर ज्यान जोगाएको बताइएको छ। एजेन्सी
प्रतिक्रिया