ad ad

समाज


हिमानी र मनिषा एउटै कार्यक्रममा

हिमानी र मनिषा एउटै कार्यक्रममा

नेपालखबर
मंसिर ७, २०७६ शनिबार ९:५०,

पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन्।

शनिबार काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय पुगी उनले शैक्षिक सामग्री वितरण गरेकी हुन्। सो कार्यक्रममा उनका छोरा हृदेयन्द्र, पूर्व राजकुमारी प्रेरणा शाहसहित राजपरिवारका अन्य सदस्यपनि सहभागी थिए।

सो कार्यक्रममा बलिउड अभिनेत्री मनिषा कोइराला पनि उपस्थित थिइन्। लायन्स क्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गरिएको थियो।

साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिविर पनि सञ्चालन गरिएको थियो।

हिमानी कोष सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .