ad ad

राजनीति


महाराष्ट्रमा भाजपाको सरकार बनेपछि राष्ट्रवादी काँग्रेसले उठायो प्रश्न

महाराष्ट्रमा भाजपाको सरकार बनेपछि राष्ट्रवादी काँग्रेसले उठायो प्रश्न

नेपालखबर
मंसिर ७, २०७६ शनिबार ९:३७,

फडणवीसले शनिबार मुख्यमन्त्री पदको सपथ ग्रहण गरेसँगै राष्ट्रवादी काँग्रेस पार्टीका प्रमुख शरद पवारले सरकार निर्माण प्रक्रियामाथि प्रश्न उठाएका छन्।

शरद पवारले आफ्ना भतिजा अजित पवार जो राष्ट्रवादी काँग्रेसकै नेता हुन् उनको पनि आलोचना गरेका छन्।

शरदका अनुसार उनलाई आफ्ना भतिजा अजित राज्यको उप–मुख्यमन्त्री बन्नेबारे केही थाहा थिएन।

अजितको उप–मुख्यमन्त्री बन्ने फैसलामा राष्ट्रवादी पार्टीको कुनै हात नभएको उनको प्रतिक्रिया छ।

 शिव सेनाका प्रमुख उद्धव ठाकरे समावेश एक पत्रकार सम्मेलनमा शरद पवारले भने,‘शिव सेना, एनसीपी र काँग्रेस मिलेर सरकार बनाउने फैसला भएको थियो।’

Image result for Sharad Pawar

शरद पवार

अचानक पार्टीका नेता तथा आफ्नै भतिजा अजित पवार भाजपाको सरकारमा सहभागी भएपछि आफूहरु आश्चर्यमा परेको शरदको भनाइ छ।

पार्टीको विचारधाराभन्दा बाहिर गएकाले अजितलाई कारवाही हुने शरदले बताएका छन्।

शरद पवारका अनुसार मुख्यमन्त्रीको सपथ लिएका फडणवीसले विधानसभामा बहुमत साबित गर्न सक्दैनन्। एजेन्सी

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .