दुई हजार घुस दिएर ड्युटीका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार राति ललितपुरको लगनखेलमा ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दीप महर्जन र रिपु महर्जनले प्रहरीलाई दुई हजार रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए।
बा८८ प ६१२ नम्बरको स्कुटर सवार उनीहरुबाट प्रहरीले ५० ग्राम गाँजा फेला पारेपछि उनीहरुले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए।
तर, प्रहरीले आर्थिक प्रलोभनमा नपरी उनीहरुलाई गाँजा, सो रकम र स्कुटरसहित पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको हो।
प्रतिक्रिया