ad ad

समाज


सडक बालबालिका नदेखिने र नभेटिने गरी काम गर्छुः मन्त्री गुरुङ

सडक बालबालिका नदेखिने र नभेटिने गरी काम गर्छुः मन्त्री गुरुङ

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १२:३३,

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्रिय बाल अधिकार परिषद् पुनर्संरचना गर्ने बताएका छन्।

मन्त्री गुरुङले सडक बालबालिका नदेखिने र नभेटिने गरी काम गर्न पनि सो परिषदको पुनर्संरचना गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

मंगलबार परिषदको अध्यक्षको पनि पदभार ग्रहण गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक बालबालिका नदेखिने, नभेटिने व्यवस्था गर्ने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउने गरी काम गर्न परिषदका कर्मचारीहरुलाई सचेत पनि गराए। मन्त्री गुरुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई गर्व गर्न लायक मन्त्रालय बनाउने पनि दोहो-याए।

मन्त्री गुरुङले महिला मन्त्रालयमा महिलानै मन्त्री हुनुपर्ने मान्यता सही नभएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .