ad ad

राजनीति


प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका प्रचण्डसँग डाक्टरले भनेः अप्रेसन सफल भयो, स्वास्थ्यमा राम्रो सुधार हुन्छ

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका प्रचण्डसँग डाक्टरले भनेः अप्रेसन सफल भयो, स्वास्थ्यमा राम्रो सुधार हुन्छ

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १२:३५,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रधानमन्त्री ओलीको मंगलबार महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अपरेसन गरिएको थियो।

अप्रेसनपछि अध्यक्ष प्रचण्ड प्रधामन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ। वीरगञ्जबाट कार्यक्रम सकेर काठमाडौँ फर्केका प्रचण्ड सिधै प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेका हुन्।

 अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको शल्यक्रियामा संलग्न डाक्टरहरुसँग स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिएका थिए। डाक्टरहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने बताएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .