ad ad

समाज


अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि

 अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ११:१२,

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

बुधबार शोक विज्ञप्ति जारी गर्दै उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उनले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नंको यात्रुवाहक बस बुधबार अपराह्न सन्धिखर्क नगरपालिका–६ नरपानी रातामाटेमा दुर्घटना हुँदा १९ यात्रुको निधन र १६ यात्रु घाइते भएको खबरले स्तब्ध बनाएको बताए।

बढ्दो दुर्घटनालाई न्यूनीकरण र रोकथाम गर्ने प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुहुँदै मुख्यमन्त्री पोखरेलले यो अभियानलाई सफल बनाउन स्थानीय तह, यातायात व्यवसायी, मजदुरलगायत सबै सरोकारवाला निकायलाई अपिल गरेका छन्।

मुख्यमन्त्री पोखरेलले दुर्घटनालगत्तै उद्वारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनीतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीको उच्च प्रशंसा गर्दै आभार व्यक्त गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .