घरेलु मैदानमा हुने १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुष फुटबल प्रतियोगितामा आप्mनो पहिलो खेलमा आयोजक नेपालले भुटानसँग खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्धन्दी भुटानलाई पाएको हो।
काठमाडांैको दशरथ रगंशालामा हुने खेलमा नेपालले आगामी मगंलबार भुटानसँग खेल्नेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।
दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २० गते शुक्रबार मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने आफ्नो अन्तिम खेलमा २२ गते आईतबार बगंलादेशसँग खेल्नेछ।
राउण्ड रोविन लिगमा हुने प्रतिस्पर्धामा शीर्ष २ टोलीले फाइनलमा स्थान बनाउनेछन्।
प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले सामान्यतर्फ ५ सय र भिआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको छ।
प्रतियोगितामा भारतले अन्तिममा नाम फिर्ता लिएपछी एन्फाले नयाँ खेल तालिका सार्वजनिक गरेको हो।
डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक नेपाल उच्च मनोबलका साथ मैदान उत्रने टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बताए।
यु २३ टोलीले प्रतिस्पर्धा गर्ने सागमा सिनियर टोलीका ३ खेलाडी समावेश छन्।
प्रतिक्रिया